संक्षिप्त परिचय

संघिय नेपालको प्रदेश नं ४ मा अवस्थित तनहुँ प्रकृति, सभ्यता, रहनसहन र जैविक विविधताले मनोरम ऐतिहासिक पहाडी जिल्ला हो ।

१० स्थानिय तहमा विभाजित तनहुँमा ४ नगरपालिका र ६ गाउपालिका छन। भानु नपा, व्यास नपा, शुक्लागण्डकी नपा, भिमाद नपा, आँवुखैरेनी गापा, बन्दीपुर गापा, देवघाट गापा, म्याग्दे गापा, रिसिङ गापा र घिरिङ गापा तनहुका स्थानीय तहका नाम हुन ।

साथै विविध जातजाति भेषभूषाले परिपूर्णविभिन्नएवं कोट, दरबार, मन्दिर, गुफा, ऋषिमुनिहरुका तपोकेन्द्रहरु सहितका अलङ्कारहरु सुसज्जित पनि छ । त्यसैगरी नेपाली साहित्यिक आकाशका उज्जल नक्षत्रका रुपमा रहेका वन्दनीय महापुरुष आदिकवि भानुभक्त आचार्यको जन्मभूमि/कर्मभूमि, महर्षि पराशरको तपोभूमि तथा महाभारत महा रचयिता महर्षि वेदव्यासको जन्मभूमि/कर्मभूमिका रुपमा समेत यस जिल्लाले प्रसिद्धि पाएको छ ।

ऐतिहासिक गाथा र गरिमामय इतिहास बोकेको यो जिल्लाको नामकरण सम्बन्धमा विभिन्न प्रकारका किम्बदन्ति रहे तापनि निम्न दुईलाई प्रमुखरुपमा लिइन्छ

१. तत्कालीन तनहुँ राज्यको राजधानीसुरआसपासकातनहुँ एकैखालका तीनवटा चुचुराहरुलाई त्रितुङ्क(संस्कृत त्रि=तीन तुङ्ग =चुचुरा) नामकरण भई क्रमशः तनुङ्ग बने यस भेकका कतिपय गाउँका नामहरु मानहुँ, किहुँ, काहुँ आदिको अन्त्यमा “हुँ” अक्षर आएकोले त्यस “तनहुँ” भएको हो ।

२. तनहुँको राजधानीुरमातनहुँससानो चिउँडो भएको तनुहुनु(संस्कृतः तनु = सानो र हुन = चिउँडो) नाम गरेका ऋषिले तपस्या गरेकाले सो शब्दको अपभ्रंश भएर “तनहुँ” रहेको हो ।
नेपालमा एकीकरण हुनु पूर्व चौविसे राज्यहरु मध्ये जमिन, धन र जनशक्तिमा सम्पन्न तनहुँ राज्य वर्तमान चितवन जिल्लाका अतिरिक्त भारतको विहार राज्यको पश्चिमी चम्पारन जिल्ला अन्तरगत रामनगर तथा वेतियाको –भागसम्मू फैलिएको थियो । वि.स. १६१० देखि १८३९ सम्मको २३० वर्षे अवधिसम्म अस्तित्वमा रही पाल्पाली राजा मणिमुकुन्दसेनका वंशज ९ जना सेनवंशी राजाहरु क्रमशः भृङ्गीसेन, हम्विर तुला सेन, दामोदर सेन, दिग्विजय सेन, कामराजदन्त सेन, त्रिविक्रम सेन, कामरिदत्त सेन र हरकुमारदत्त स शासित तनहुँ राज्य श्री ५ रणबहादुर शाह र राजमाता राजेन्द्रलक्ष्मीको शासनकालको एकीकरण अभियानमा ने अधिराज्यमा गाभिन गयो ।

नेपालको मध्यवर्ती भागमा पर्ने यो जिल्ला पूर्वमा गोरखा र चितवन, दक्षिणमा चितवन, नवलपरासी र पश्चिममा स्याङ्गजा र कास्की तथा उत्तरमा कास्की र लमजुङ्ग जिल्लाहरुद्धारा परिेवेष्टित छ । समुद्र सतहबाट १८७ मि. (देवघाट गाविसको कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल) देखि २१३(४छिम्केश्वरीमि. गाविसको छिम्केश्वरी डाँडा) सम्मका –भागहरुमाू फैलिएर रहेको यस जिल्लाको क्षेत्रफल १५४६ वर्ग (१,५कि.मी.४,६०० हे.) नेपालको कुल–भागकोभू १.०५% छ । साथै जिल्लाको–पश्चिमूर्व लम्बाई ६२.५कि.मि. र उत्तर – दक्षिण चौडाई ४३.७ कि.मि. छ । जिल्ला सदरमुकाम दमौली समुद्र सतह देखि ३७० मि.को उचाइमा रहेको छ । औषत वर्षा २०५८ मि रहको छ भने अधिकतम तापक्रमसे.४१र न्यूनतम तापक्रम३ से.सम्म हुने गर्दछ । भौगोलिक दृष्टिले दक्षिणतर्फ(१.१५%चुरे र उत्तर तर्फ मध्यपहाडी( ९८.८५%) क्षेत्रहरु मिली बनेको यो जिल्ला भू–उपयोगको दृष्टिले रुखयुक्त वन क्षेत्र ७१,७१५.२२ हे. र झाडीयुक्त वन क्षेत्र ६,३९६.० हे. गरी ७८,१११.२२ हे. ( ५०.५२%), कृषियोग्य क्षेत्र ६५,०६१ (हे.४२.०८%) चरन क्षेत्र ४,३०६ हे.(२.७८%) र अन्य ७,१२१.७८ हे.( ४.६२%) क्षेत्र ओगटेका छन।हिमालय पर्वतबाट निस्केका मस्र्याङ्गदी र त्रिशूली नदीहरुले पूर्व कालीगण्डकी नदीले दक्षिण तर्फबाट घेर्नुका साथै मादी र सेती नदीहरुले बीचमा चिरेर जिल्लालाई जल समेत धनी बनाएका छन्।

राष्ट्रिय जनगणना २०६८ अनुसार यस जिल्लाको कुल जनसंख्या ३,२३,२८८ (नेपालको जनसंख्याको १.२२%) रहेकोमा सो मध्ये १,७९,८७८(५५.६४ %) महिला र १,४३,४१० (४४.३६%) पुरुष जनसंख्या र वृद्धिदर जम्मा ०.२५% छ । जिल्लामा ७८,३०९ घरधुरीहरु २३६२ वस्तिहरुमा छरिएर रहेका छन्। जम्मा ८४.९८ % साक्षरता रहेकोमा ५३,१३० परिवारले खाना पकाउन दाउराप्रयोग गर्दछन्। त्यसैगरी ८६.५१% हिदु, ९.४४% बौद्ध, १.२८% मुस्लिम, १.६९% क्रिश्चियन र १.०८% अन्यधर्मावलम्लबीहरु बसोबास गर्ने यस जिल्लामा जातिगत हिसाबले हेदा २८% मगर, १३.५५% ब्राहमण, १२.१७% गुरुङ्ग, १०.७९% क्षेत्री, ७.५%४नेवार, १५.६९% दलित (कामी, दमै, सार्की, सुनार,गन्धर्व)र १२.२६% अन्य जातिका मानिसहरु वसोबास गर्दछन्।

 


Skip to toolbar